विगत ३८ दिनदेखि १४ सूत्रीय माग राखेर आन्दोलन गरिरहेको चिकित्सा शिक्षा सरोकार संघर्ष समिति, नेपालले स्वास्थ्यमन्त्री बस्नेतको आश्वासनपछि आन्दोलनका कार्यक्रम तत्कालका लागि फिर्ता लिइएको जनाएको छ।
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले माग पूरा गर्ने आश्वासन दिएपछि चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि फिर्ता लिएको छ। विगत ३८ दिनदेखि १४ सूत्रीय माग राखेर २५ वटा संस्थागत समर्थनमा आन्दोलन गरिरहेको संघर्ष समितिले स्वास्थ्यमन्त्रीको आग्रहमा आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि फिर्ता लिएको हो।
स्वास्थ्यमन्त्री बस्नेतले माइतीघरमा पुगेर आन्दोलनकारीलाई अनशन तोड्न आग्रह गरेपछि उनीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन्। मन्त्री बस्नेतले चिकित्सा क्षेत्रको समस्या समाधानका लागि शिक्षा, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र प्रधानमन्त्री आफैँ पनि सक्रिय भएको भन्दै समस्या निकट भविष्यमा समाधान हुने विश्वास व्यक्त गरे।
उनले स्वास्थ्य क्षेत्रमा भएका राम्रा कुरालाई आत्मसात् गर्ने र कमी भएको कुराहरूलाई सुधार गर्दै जानुपर्ने भन्दै यस्तो नगरे पाँच वर्षपछि देशमा डाक्टर र नर्स पाउन गाह्रो हुने बताए। उनले प्रधानमन्त्रीले अमेरिकादेखि चीनसम्म आफ्नो कुरा राख्नुपर्ने समयमा यसरी धर्ना गर्नु राम्रो नभएको भन्दै प्रधानमन्त्री फर्किएपछि स्वास्थ्य समस्या समाधान गर्ने हिसाबले अगाडि बढ्ने बताए।
चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समितिका संयोजक निर्मल सापकोटाले स्वास्थ्य मन्त्रालयसँगको छलफलपछि तत्कालका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित भएको जानकारी दिए। “तत्कालका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ। अहिले हामी कार्य समितिको बैठकमा छौँ औपचारिक जानकारी केहीबेरमा गराउने छौँ” उनले भने।
चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने, सीटीईभीटीको पुनर्संरचना गर्नुपर्ने, स्तरोन्नति गर्न बाँकी रहेका संस्थाहरूको तत्काल भर्ना खोल्नुपर्ने लगायतका १४ वटा माग राखेर समिति आन्दोलनमा थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
