औषधि व्यवस्था विभागमा दर्ता भएका १३ प्रकारका प्रतिजैविक औषधि मौज्दात रहेका अवस्थामा भने ६ महिनासम्म मात्र विक्री वितरण गर्न दिइने महानिर्देशक ढकालले जानकारी दिए।
काठमाडौँ– सरकारले १०३ प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औषधिको प्रयोगलाई न्यूनीकरण गर्न र रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको बताए। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पनि ती औषधिको प्रयोगका लागि सिफारिस गरेको छैन। उनले ती प्रतिजैविक औषधिको प्रयोग गर्न औचित्य नभएको समेत बताए।
“डलब्चूएचओले प्रयोगमा नल्याउने भनेर १०३ प्रकारका प्रतिजैविक औषधिको सूची प्रकाशन गरेको छ,” उनले भने, “ती औषधि न दर्ता गर्छौ न प्रयोगका लागि अनुमति नै दिन्छौँ।” उनका अनुसार १०३ मध्ये १३ प्रकारका प्रतिजैविक प्रतिरोध औषधि भने दर्ता गरिएका छन्।
विभागले त्यस्ता प्रतिजैविक प्रतिरोधको विश्वव्यापी कार्ययोजनासँग मेल खाने गरी एक स्वास्थ्य अवधारणा अनुरूप प्रतिजैविक प्रतिरोधबाट हुने बिरामी दर, मृत्यु दर र आर्थिक असरलाई प्रभावकारी रूपले कम गर्न राष्ट्रिय कार्ययोजना तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको जनाएको छ।
महानिर्देशक ढकालले प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्न, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढवा दिने उद्देश्य हासिल गर्न औषधि सल्लाहकार समितिको सिफारिसमा ती औषधिको दर्ता, नवीकरण र पैठारी र प्रयोग नगर्न/नगराउन निर्देशन दिएको बताए।
विभागमा दर्ता भएका र नभएका तथा डब्लूएचओबाट सिफारिस नगरिएका प्रतिजैविक औषधिको सम्मिश्रणहरू र सो औषधिको सम्मिश्रण उत्पादन कार्य गर्ने प्रयोजनार्थ कच्चा पदार्थको थप नयाँ/दर्ता, थप/नयाँ पैठारी दर्ता र पैठारी सिफारिस प्रमाणपत्र नगर्ने, विभागमा दर्ता भएका त्यस्ता प्रतिजैविक औषधिको सम्मिश्रणको उत्पादन अनुज्ञापत्र, बजार विक्री वितरण प्रमाणपत्र, पैठारीदर्ता प्रमाणपत्र, पैठारी सिफारिस पत्र नवीकरण नगर्ने निर्णय गरिएको छ।
विभागमा दर्ता भएका त्यस्ता प्रकारका प्रतिजैविक औषधिको कच्चा पदार्थ तथा प्राइमरी र सेकेन्डरी प्याकिङ सामग्री मौज्दात विभागमा पेस गर्ने र निर्णय मितिबाट लागू हुने गरी स्वदेशी उद्योगले त्यस्ता प्रकारका औषधिको थप उत्पादन नगर्ने र आयातकर्ताले पनि सो औषधिको थप आयात कार्य नगर्न अनुरोध गरिएको छ।
यस्तै, विभागमा दर्ता भएका १३ प्रकारका प्रतिजैविक औषधि मौज्दात रहेका अवस्थामा भने ६ महिनासम्म मात्र विक्री वितरण गर्न दिने विभागका महानिर्देशक ढकालले जानकारी दिए।
उनका अनुसार हाल बजारमा उत्पादन भई वा आयात भई उपलब्ध रहेका वा उत्पादनको चरणमा रहेका सिफारिस नगरिएका प्रतिजैविक औषधि एवं सम्मिश्रणको हकमा निर्णय भएको मिति अर्थात् यही भदौ १८ गतेदेखि बढीमा छ महिनासम्म मात्र बजारमा उपलब्ध रहने गरी व्यवस्था मिलाउने निर्णय गरिएको छ।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
