एमाले अध्यक्ष केपी शर्मा ओलीले विद्युत् मुलुकका लागि पर्याप्त नभए पनि सरकारले पुगे जसरी प्रचार गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल मासुमा आत्मानिर्भर भयो भनिए पनि अवैध रूपबाट ट्रकका ट्रक खसी, बोका आयात भइरहेको बताएका छन्। विभिन्न सिमानाकाबाट भइरहेको यस्तो आयातलाई सरकारले नियन्त्रण गर्न नसकेको उनको आरोप छ।
राष्ट्रिय विज्ञान दिवसको अवसर पारेर सोमबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले खसी, बोकालगायतका वस्तुहरू विभिन्न सिमानाकाबाट चोरी पैठारी गर्दा पनि सरकारले नियन्त्रण गर्न नसकेकाले लक्ष्यअनुसार राजस्व उठ्न नसकेको तर्क गरे।
“खसी, बोका ट्रकका ट्रक आउँछ। यो कुनै मुख्य भन्सारबाट होइन। मुख्य बाटोबाट होइन। अरू बाटोबाट आएको आयै छ। मुख्य बाटोबाट पनि आउँछ। किनभने देउरालीमा पाती राख्नुपर्छ। देउरालीमा पाती चढाउने ट्रक पास। किन राजस्व उठ्दैन? त्यता पट्टी म अहिले जान चाहन्न,” उनले भने। उनले नेपाल मासुमा आत्मानिर्भर भएको हो भने खसी बोका कहाँ जान्छन्? मुस्ताङका च्याङ्ग्रा पोखराबाट यता किन आउँदैनन् भन्दै प्रश्नसमेत गरे।
अध्यक्ष ओलीले विद्युत् मुलुकका लागि पर्याप्त नभए पनि सरकारले पुगे जसरी प्रचार गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे। विराटनगर, वीरगन्ज, भैरहवालगायतका उद्योगमा विद्युत्को माग भइरहेको तर सरकारले उद्योगीहरूको आवश्यकता पूरा गर्न नसकेको टिप्पणी गरे।
आफू पहिलो पटक प्रधानमन्त्री भएका बेला मुलुकलाई आधारभूत रूपमा लोडसेडिङ मुक्त गराएको दाबी गरेका अध्यक्ष ओलीले भने, “२० वर्षमा त उलटफेर गर्न सकिन्छ नि... हामीलाई पुग्दो विद्युत् उत्पादन भएको छैन। पुग्दो विद्युत् उत्पादन भए पनि अर्को उपभोग गर्ने तरिका पनि सिकाएका छैनौँ।”
अध्यक्ष ओलीले मुलुकलाई अघि बढाउनका लागि वैज्ञानिक खोज तथा अनुसन्धानलाई विशेष ध्यान दिनुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
