शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव भगवान् अर्यालले महासंघले अघि सारेका मागहरूलाई सकारात्मक रूपमा लिई यथोचित सम्बोधन गर्न सरकार तयार रहेको जनाएका छन्।
काठमाडौँ– सरकारले नेपाल शिक्षक महासंघलाई विद्यालय बन्द गर्ने लागयतका आन्दोलनका कार्यक्रम फिर्ता गरी वार्तामा आउन आग्रह गरेको छ।
संसद्मा दर्ता गरेको विद्यालय शिक्षा विधेयक, २०८० प्रति असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको शिक्षक महासंघलाई सरकारले सोमबार वार्तामा आउने आग्रह गरेको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव भगवान् अर्यालले विज्ञप्ति जारी गर्दै शिक्षामन्त्रीको संयोजकत्वमा हुने वार्तामा आउन महासंघलाई आह्वान गरेका हुन्। “महासंघले आकस्मिक रूपमा संविधान दिवसको दिनबाट घोषणा गरेको विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यूको संयोजकत्वमा मिति २०८० साउन २ गते दिनको ३ बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने वार्तामा सहभागी हुन नेपाल शिक्षक महासंघलाई मन्त्रालय हार्दिक आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा विधेयकलाई अन्तिम रूप दिनुअघि महासंघका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएको र महासंघले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीको पेसागत हकहितसँग सम्बन्धित सुझावहरूलाई यथाशक्य समावेश गरिएको पनि स्मरण गराइएको छ।
त्यस्तै, महासंघले उठाएका कतिपय मागहरू विधेयक पारित भएपश्चात् तर्जमा हुने नियमावली तथा सरकारको नीतिगत निर्णयबाट समेत सम्बोधन हुने प्रकृतिका रहेका पनि उल्लेख छ।
सहसचिव अर्यालले महासंघले अघि सारेका मागहरूलाई सकारात्मक रूपमा लिई यथोचित सम्बोधन गर्न सरकार तयार रहेको जनाएका छन्। महासंघले विधेयकप्रति असन्तुष्टि जनाउँदै असोज ३ गतेदेखि आन्दोलनमा जाने घोषणा गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
