बेनी नगरपालिकाको आर्थिक सहयोगमा युवा–युवतीलाई बर्खेनाचसम्बन्धी तालिम दिइएको छ। गत भदौ १८ गतेदेखि शुरू भएको तालिम सोमबार सम्पन्न भएको हो।
म्याग्दी– म्याग्दी सदरमुकाम बेनीमा २०० वर्ष पुरानो बर्खेनाच देखाइएको छ।
बेनीमा २०० वर्षअघि बस्ती बसेको इतिहास छ। सोही बेलादेखि नै घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तीजसम्म यो नाच प्रस्तुत गर्ने चलन छ। यस वर्षा पनि नाचलाई निरन्तरता दिँदै सोमबार साँझ समापन गरिएको हो। तीजको दिन दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित बर्खेनाच समापन गरिएको नेपाल भाषा मंकाखलः म्याग्दीका पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए।
“लाखे र श्रीकृष्णको लडाइँ झल्काउने नाच अवलोकन गर्न बेनीको संगममचोकमा बजारवासीको भीड लागेको थियो,” उनले भने, “बर्खेनाचअन्तर्गत लाखे, हनुमान, घोडा, गोरु, रोपाइँ, नागानागिनी, धानको बाला र जोगीनाच देखायौँ।”
जनैपूर्णिमा र त्यसको भोलिपल्ट दुई दिन वर्षभरि दिवंगत भएका व्यक्तिको सम्झनामा नागानागिनी नाच देखाइएको थियो।
मंका खलः अन्तर्गत ल्याम्ह पुचःको अगुवाइ र मैजु खलःको व्यवस्थापनमा बर्खेनाच देखाइएको हो। परम्परागत रूपमा देखाइँदै आइएको बर्खेनाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचलाई समेत बर्खेनाचमा निरन्तरता दिइएको छ। यस वर्षको बर्खेनाचमा करिब १० वर्षपछि धानको बालानाच देखाइएको हो ।
मंका खलःले २०० वर्ष पुरानो बर्खेनाचको निरन्तरताका लागि नयाँ कलाकारलाई तालिम दिएको छ। विभिन्न नाचमा ४० जनासम्म कलाकार सहभागी हुने गर्छन्। आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा बेनीको बर्खेनाचलाई जीवन्त राखिएको नेपाल भाषा मंका खलः म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए।
बेनी नगरपालिकाको आर्थिक सहयोगमा युवा–युवतीलाई बर्खेनाचसम्बन्धी तालिम दिइएको छ। गत भदौ १८ गतेदेखि शुरू भएको तालिम सोमबार सम्पन्न भएको हो। बर्खेनाच यहाँका नेवार समुदायको सांस्कृतिक पहिचानका रूपमा रहे पनि पछिल्लो समय यसको निरन्तरता र संरक्षणका लागि अन्य समुदायको समेत सहभागिता हुन थालेको छ।
बर्खेनाचमा मादलको तालमा नृत्य देखाउने गरिन्छ। सबैजसो नाचमा परम्परागत समाजको चित्रण गरिएको हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
