भूकम्पपछि जीर्ण बन्दै गएको श्रीमहल पुनः निर्माणका लागि २०७५ सालमा तत्कालीन राष्ट्रिय पुनः निर्माण प्राधिकरणले बोलपत्रसमेत आह्वान गरेको थियो। तर, पछि प्राविधिक त्रुटि देखाउँदै हात झिकेको थियो।
ललितपुर– ललितपुर पुल्चोकस्थित राणकालीन दरबार श्रीमहल अलपत्र अवस्थामा छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको श्रीमहल आठ बितिसक्दा पनि पुनः निर्माण हुन सकेको छैन।
झ्याल तथा ढोका फुटेका र पर्खालमा चिरा परेको श्रीमहल कुन दिन ढल्छ भन्ने पत्तो छैन। संरक्षणको अभावले वरिपरि उम्रिएका घाँसले भवनलाई घेरेका छन्। छेउका बोटबिरुवा बढेर श्रीमहल नै ढाक्न थालेका छन्।
राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराले छोराका लागि निर्माण गरेको श्रीमहलमा भूकम्पअघि स्थानीय विकास मन्त्रालय थियो। त्यसको केही समयपछि स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको कार्यालय सञ्चालन भएको थियो। भूकम्पपछि स्थानीय पूर्वाधार विभाग श्रीमहल छेवैको भवनमा सरेको छ।
भूकम्पपछि जीर्ण बन्दै गएको श्रीमहल पुनः निर्माणका लागि २०७५ सालमा तत्कालीन राष्ट्रिय पुनः निर्माण प्राधिकरणले बोलपत्रसमेत आह्वान गरेको थियो। तर, पछि प्राविधिक त्रुटि देखाउँदै हात झिकेको थियो। स्थानीय पूर्वाधार विभागले पनि काम गर्न नसकेपछि अहिले सहरी विकास तथा भवन निर्माण विभागलाई सुम्पिएको छ।
चालु आर्थिक वर्षदेखि श्रीमहल पुनः निर्माणको जिम्मा सहरी विकास तथा भवन निर्माण विभागले लिएको स्थानीय पूर्वाधार विभागका उपसचिव प्रेमप्रसाद लुइँटेलले बताए। “श्रीमहल पुनः निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागलाई कागजात हस्तान्तरण गरेका छौँ। पहिलेकै संरचनामा निर्माण हुने सहमति भएको छ,” उनले भने।
पर्खाल भत्केर झरेका इँटा छरिएका छन्। भवन भूतबंगला जस्तै भएको छ। महल परिसरमा आदिवासी जनजाति आयोग, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनालगायत अन्य सरकारी कार्यालयका भवन छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
