होटल तथा पर्यटन र व्यापार समूहको उपसूचक घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार दोहोरो अंकले बढेको छ। मंगलबारको कारोबारपछि परिसूचक १६.२४ अंकले बढेर १९८५.४३ अंकमा कायम भएको हो।
नेप्सेका अनुसार विभिन्न कम्पनीका २७२ कम्पनीको ४३ लाख ३६ हजार ५८३ कित्ता शेयर ५० हजार २९६ पटक खरिदबिक्री हुँदा एक अर्ब १७ करोड ६६ लाख ८० हजार ७५७ रुपैयाँ बराबरको कारोबार भएको छ।
होटल तथा पर्यटन र व्यापार समूहको उपसूचक घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। होटल समूहको उपसूचक ०.०९ र व्यापार समूह ०.९३ प्रतिशतले घटेको छ।
सबैभन्दा धेरै जलविद्युत् समूहको उपसूचक ३.२१ प्रतिशतले बढेको छ। बैंकिङ ०.३२ प्रतिशत, विकास बैंक १.४८, वित्त १.९५ र लगानी समूहको उपसूचक ०.७८ प्रतिशतले बढेको छ।
त्यस्तै, जीवन बीमा ०.३७, उत्पादन तथा प्रशोधन ०.७४, लघुवित्त ०.५१, म्युचुअल फन्ड ०.११, निर्जीवन बीमा ०.७६ र अन्य समूह ०.११ प्रतिशतले बढेको छ।
शुभम् पावर लिमिटेडको शेयर मूल्यमा मंगलबार सकारात्मक सर्किट लागेको छ भने थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। शेयर मूल्य धेरै घट्ने कम्पनीमा इमर्जिङ नेपाल लिमिटेड छ। यो कम्पनीको शेयर मूल्य आठ प्रतिशतले घटेको छ।
कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा मंगलबार सबैभन्दा धेरै रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको १० करोड ६४ लाख ४३ हजार ६९१ रुपैयाँ बराबरको दुई लाख २० हजार ५६ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
