नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएयता दलहरूबीचको समझदारी टुटेकाले संविधान कार्यान्वयनमा ढिलाइ भएको तर्क गरे।
काठमाडौँ– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनमा दलहरू चुकेको बताएका छन्।
पूर्वउपप्रधानमन्त्री समेत रहेका सिटौलाले संविधानको मूल मर्म कार्यान्वयनमा ढिलाइ भइरहेको बताएका हुन्। मंगलबार एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले संविधान जारी भएयता दलहरूबीचको समझदारी टुटेकाले संविधान कार्यान्वयनमा ढिलाइ भएको तर्क गरे।
“हामीले त्यतिबेला संविधान जारी गरेपछि केपी ओलीलाई प्रधानमन्त्री भनेकै थियौँ। तर स्वयं हामीले त्यो गर्न सकेनौँ । त्यहाँबाट टुट्दै गएको हाम्रो राजनीतिक संविधानमा ल्यायौँ तर यसको मूल तत्त्व कार्यान्वयन भएकै छैन। मलाई कसैले सोध्यो भने इमानदारीसाथ मैले भन्नुपर्छ यसको मूल तत्त्व, संविधानको सारतत्त्व कार्यान्वयन गर्ने कुरामा चुकेकै छौँ। ढिलाइ भएकै छ,” उनले भने।
तत्कालीन माओवादीलाई शान्ति वार्तामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सिटौलाले सुवास नेम्वाङले नेपालको संविधान निर्माणमा अतुलनीय योगदान पुर्याएको बताए। उनले संविधान जारी हुन नदिनका लागि अनेकौँ दबाब आए पनि त्यसलाई शान्त ढंगले प्रतिरोध गर्दै नेम्वाङले संविधान जारी गर्न अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। माओवादी शान्ति वार्तामा आएपछि पनि अन्तरिम संविधान निर्माणमा नेम्वाङको भूमिका नेतृत्वदायी रहेको उनको भनाइ थियो।
नेता सिटौलाले नेम्वाङको संयोजनकारी, समन्वयकारी भूमिका संविधान कार्यान्वयनमा पनि आवश्यक हुँदाहुँदै उनको निधन हुनु मुलुकका लागि अपूरणीय क्षति भएको समेत बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
