कम्पनीमाथि राजस्व अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
काठमाडौँ– पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रभित्रको सावरीसाधन पार्किङस्थलको सम्झौता रद्द गरेको छ। पशुपति क्षेत्रमा पार्किङ व्यवस्थापनको जिम्मा तत्त्व इन्भेस्टमेन्ट प्रालिले पाएको भए पनि सम्झौता अनुसारको काम तथा समयमै बक्यौता रकम तिर्न नसकेका कारण उक्त सम्झौता रद्द गरिएको विकास कोषले जनाएको छ।
पार्किङ सम्झौता रद्द गरी उक्त पार्किङस्थल मंगलबारबाट विकास कोषले आफ्नो मातहतमा लिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए। उनका अनुसार उक्त प्रालिले सवारी पार्किङ सञ्चालनबापत कोषलाई तिर्नु पर्ने पुरानो ४० लाख रुपैयाँ बढी रकम समयमै भुक्तान नगरेका कारण सम्झौता रद्द गरिएको हो।
सञ्चालक परिषद्को गएको भदौ २१ गते बसेको बैठकले उक्त कम्पनीसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको कार्यकारी निर्देशक खतिवडाले बताए। उनले भने, “भदौ २१ गतेको सञ्चालक परिषद् बैठकले पार्किङ सम्झौता रद्द गर्ने निर्णय गरेको हो, आजदेखि हामीले उक्त पार्किङस्थल आफ्नो जिम्मा लिएका छौँ, अर्को टेन्डर प्रक्रिया नहुन्जेलसम्म हाल लाई निःशुल्क पार्किङ गरिएको छ।”
उक्त कम्पनीले पशुपति क्षेत्रभित्र रहेको सवारी पार्किङस्थल सञ्चालन गरेबापत विकास कोषलाई मासिक तीन लाख ४६ हजार रुपैयाँ तिर्ने गरी सम्झौता भएको विकास कोषले जनाएको छ। उक्त कम्पनीले पुरानो बक्यौता रकम ६० लाख रुपैयाँमा केही हप्ता पहिले २० लाख रुपैयाँ बुझाए पनि अझै ४० लाख रुपैयाँ तिर्न बाँकी रहेको खतिवडाले जानकारी दिए। कोष र उक्त कम्पनीबीच पार्किङ व्यवस्थापनका लागि पाँच वर्षको सम्झौता भए पनि साढे दुई वर्षमा सम्झौता रद्द भएको छ।
पशुपति क्षेत्र विकास कोषले दुईपांग्रे सवारीसाधनका लागि १० रुपैयाँ र चारपांग्रे सवारीका लागि २५ रुपैयाँ पार्किङ शुल्क तोकेर कम्पनीसँग सम्झौता गरेको थियो। तर, कम्पनीले सोभन्दा बढी शुल्क उठाएको पाइएको आरोप छ। कम्पनीमाथि राजस्व अनुसन्धान विभागले समेत अनुसन्धान गरिरहेको कोषले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
