राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताएका छन्।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति सत्ता र शक्तिको साधन होइन भन्ने गणेशमान सिंहको सन्देश नयाँ पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताएका छन्। मंगलबार भक्तपुरमा गणेशमान सिंहको प्रतीक अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले राष्ट्र निर्माणको लागि जीवन समर्पण गर्ने आदर्श त्याग र निष्ठावान् नेता गणेशमानको सन्देश वर्तमान र भावी पुस्तासम्म पुर्याउन आवश्यक रहेको बताएका हुन्।
उनले गणेशमान सिंहलाई सबैले सर्वमान्य नेताको रूपमा मानेको बताए। “वामपन्थी र कांग्रेस नभनी सबैले मानेको नेता उहाँ नै हो। राजनीतिलाई सत्ता र शक्तिको साधन होइन। राष्ट्र निर्माणका लागि जीवन समर्पण गर्ने आदर्श त्याग र निष्ठाको निष्काम कर्महरू भनेर प्रमाणित गर्ने गणेशमानको सन्देश हामीले वर्तमान र भावी पुस्तासम्म पुर्याउन सक्नुपर्छ,” उनले भने।
उनले सिंहले राजनीतिलाई सत्ता र शक्तिको साधन नठानेको, राजाले प्रधानमन्त्री बन्नु भन्दासमेत अस्वीकार गरेको स्मरण गरे। उनले प्रतीकसहितको गणेशमान पार्कले उनको आदर्शपूर्ण जीवनलाई भावी पुस्तासम्म जीवन्त राख्न मद्दत पुर्याउने विश्वास लिएको बताए।
राष्ट्रपति पौडेलले गणेशमानको साथ र समीपयता आफ्नो राजनीतिक जीवनमा पनि पाएको स्मरण गरे। उनले गणेशमानको समीपयताले आफूलाई पनि सत्य र आदर्शको बाटोमा हिँड्न प्रेरित गरेको उल्लेख गरे। उनले लोकतन्त्रलाई राज्य सञ्चालनको एउटा माध्यम मात्रै होइन जीवन दर्शन र संस्कार पनि हो भन्ने गणेशमान सिंहले देखाए बाटोमा हिँड्न सक्नु उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए।
उनले गणेशमानको नाममा स्थापना गरिएको १७५ रोपनी क्षेत्रफलमा फैलिएको पार्कले व्यस्त जीवन शैलीका उपत्यका बासीका लागि स्वच्छ वातावरणमा रम्ने उपयुक्त स्थल बन्न सक्ने बताए। उनले गणेशमान पार्कलाई नेपालमा आउने पर्यटकहरूलाई नेपालको जानैपर्ने एउटा ठाउँ बनाउने गरी विकास गर्न आग्रह गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
