कांग्रेसलाई चलायमान बनाउन पार्टीले अवलम्बन गरेको कार्यतालिकालाई अवरुद्ध नगरी निरन्तरता दिनुपर्छ भन्ने पक्षमा आफूहरू रहेको नेता दीलेन्द्रप्रसाद बडूले बताए।
काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टीलाई अघिल्लो केन्द्रीय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरूप चलाउनुपर्नेमा जोड दिएको छ।
मंगलबार बालुवाटारमा बसेको डा. कोइराला पक्षधर नेताहरूको बैठकले पार्टीलाई अघिल्लो केन्द्रीय समिति बैठकले बनाएको कार्ययोजना र कार्यतालिका अनुरूप चलाउनुपर्नेमा जोड दिएको हो। कांग्रेसको असोज ४ गतेदेखि हुने केन्द्रीय कमिटी बैठकमा आफ्नो समूहका तर्फबाट अजेन्डा तय गर्न बसेको बैठकले कार्यतालिकाअनुसार सांगठनिक गतिविधि भए/नभएको समीक्षा गर्दै सो तालिका र कार्ययोजनालाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको छ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता दीलेन्द्रप्रसाद बडूले असोज ४ गतेदेखि हुने पार्टीको केन्द्रीय समिति बैठकको अजेन्डाको विषयमा छलफल केन्द्रित भएको बताए। उनले पार्टीलाई चलायमान बनाउनका लागि पार्टीले अवलम्बन गरेको कार्यतालिकालाई अवरुद्ध नगरी निरन्तरता दिनुपर्नेमा आफूहरूको मत रहेको बताए।
उनले आगामी दिनमा हुने पार्टीको नीति अधिवेशनलाई व्यवस्थित गर्नका लागि गर्नुपर्ने तयारीको सम्बन्धमा पनि छलफल भएको जानकारी दिए। पार्टीको आगामी १५औँ महाधिवेशनको तयारीको सम्बन्धमा पनि छलफल भएको नेता बडूले बताए।
“उपसभापति र महामन्त्रीले गर्नुपर्ने तयारीका लागि सुझाव दियौँ। समयमा हाम्रो १५ औँ महाधिवेशन शुरू गर्नुपर्ने हुन्छ। त्यसका निमित्त पनि हामीले आवश्यक तयारी र क्रियाशील सदस्यताको वितरणको कुरा र त्यसको अद्यावधिक रेकर्डहरू के छ त्यसलाई हेर्नुपर्छ। पछिल्लो कार्यसमितिबाट पारित गरिसकेको कार्ययोजना र कार्यतालिका त्यसको समीक्षा हुनुपर्यो। कति कार्यान्वयन भयो कति भएन। के कमी रह्यो? र त्यसलाई कसरी सुधारेर जाने भन्ने नै मुख्य विषय त्यो नै हो,” उनले भने।
नेता बडूले सरकारको काममा सन्तोष गर्नुपर्ने स्थिति नरहेको भन्दै सरकारको कामको सम्बन्धमा पनि पार्टी केन्द्रीय समिति बैठकमा समीक्षा हुने बताए। बैठकमा डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेता मीनेन्द्र रिजाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
