कांग्रेस सभापति देउवाले मुकुन्द रिजालले अग्रसरता लिएका काम पूरा गर्ने दायित्व पार्टीको काँधमा आएको बताए।
काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष स्व. मुकुन्द रिजाललाई गुमाउँदा कांग्रेसले क्षति बेहोरेको बताएका छन्।
रिजालको १३औँ दिनको पुण्यतिथिका अवसरमा कांग्रेस क्षेत्र नम्बर ७ ले राष्ट्रियसभा गृहमा मंगलबार आयोजना गरेको श्रद्धाञ्जली सभामा देउवाले रिजालले अग्रसरता लिएका काम पूरा गर्ने दायित्व आफ्नो पार्टीको काँधमा आएको बताए।
“रिजाल एक कर्मठ र इमानदार नेता हुनुहुन्थ्यो। उहाँको निधनले हाम्रो पार्टी र देशलाई नोक्सान पुर्याएको छ। उहाँले अघि सारेका कामहरूलाई फत्ते गर्ने जिम्मेवारी कांग्रेसको जिम्मामा आएको छ,” देउवाले भने।
कार्यक्रममा कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले रिजालको आकस्मिक निधनले सबैलाई स्तब्ध बनाएको बताए। रिजाल एक सक्रिय जनप्रतिनिधि गुमाउनु देशका लागि नोक्सान भएको उनको भनाइ थियो।
“समयमै उपचार भएको भए सायद दाइ (मुकुन्द रिजाल) आज हामीसँगै हुनुहुन्थ्यो होला। तर, दुर्भाग्यवश उहाँ हामीसँग हुनुहुन्न। उहाँलाई हामीले सम्झिरहने छौँ,” थापाले भने।

काठमाडौँ–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले रिजालको निधनले समग्र समाज र देशलाई चोट पुगेको बताए। उनले भने, “रिजालले आफ्नो जीवनकालमा धेरै राम्रा काम गर्नु भएको थियो। उहाँको अन्तिम संस्कारका भेला भएका मानिसहरूको संख्याले त्यसको पुष्टि गर्थ्यो। अब उहाँले शुरू गरेका कामलाई हामीले निरन्तरता दिनुपर्छ।”
कार्यक्रममा काठमाडौँ–१७ वडाध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले रिजालको निधनले आफूहरूलाई चोट पुर्याएको बताए। “रिजाल दाइको निधनले परिवारलाई मात्रै होइन समग्र समाजलाई हानि पुगेको छ,” उनले भने।
कार्यक्रममा स्व. रिजालकी पत्नी कविता रिजालले भावुक हुँदै रिजालले अघि सारेका अपूरा कामहरू कांग्रेसले अघि बढाउने आशा व्यक्त गरेकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
