विभागले बस सेवाको १० दिनसम्म निरन्तर अनुगमन गर्नेछ। यो समयमा द्रुत बस सेवा प्रभावकारी भएमा अन्य सडकमा पनि विस्तार गर्ने र दिनभरि नै सञ्चालन गर्ने सरकारको योजना छ।
काठमाडौँ– सरकारले काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा शुरू गरेको छ।
रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिकमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको बुधबार उद्घाटन गरेका हुन्।

उद्घाटनको अवसरमा मन्त्री प्रकाश ज्वालासहित बागमतीका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौँका मेयर बालेन शाह तथा मध्यपुर थिमी र सूर्यविनायकका मेयरहरू चढेर यात्रा गरेका छन्।
यात्रु भने बिहीबारदेखि मात्र चढ्न पाउने यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरूले जानकारी दिए।
यो बस सेवाबाट सूर्यविनायकदेखि ४५ मिनेटमा रत्नपार्क पुगिने बताइएको छ। अब हरेक दिन बिहान ९ बजेदेखि ११ र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बस चल्ने पनेरुले जानकारी दिए। उनका अनुसार बिहीबारदेखि सोही समयमा २५ वटा द्रुत बस यो रुटमा चल्ने छन्।

विभागले बस सेवाको १० दिनसम्म निरन्तर अनुगमन गर्नेछ। यो समयमा द्रुत बस सेवा प्रभावकारी भएमा यस्तै सेवा अन्य सडकमा पनि विस्तार गर्ने र दिनभरि नै सञ्चालन गर्ने सरकारको योजना छ।
द्रुत बसका लागि सडक विभागले ‘डेडिकेटेड लेन’ छुट्याएर रातो रङसमेत लगाइसकेको छ। यो रुटमा चल्ने द्रुत बस सेवाका लागि ट्राफिक लाइटको व्यवस्था गरिएको छैन। यो रुटमा एम्बुलेन्स, दमकल, अस्पताल, बैंकलगायतका बस पनि गुड्न पाउँछन्।

१९ वटा बस स्टप रहने छन्। जहाँ यी बसहरू केही मिनेट मात्रै रोकिने छन्। तर, बसको भाडा शुल्क र गति भने पुरानै हुने यातायात व्यवस्था विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
