पूर्वी चीनको जियाङ्सु प्रान्तमा मंगलबार साँझ आएको आँधीबाट एक हजार ६४६ घरमा क्षति भएको छ। ४०५ जना विस्थापित भएका छन्।
पूर्वी चीनको जियाङ्सु प्रान्तमा आँधीका कारण पाँच जनाको मृत्यु भएको छ। चार जना गम्भीर घाइते भएका छन्।
स्थानीय अधिकारीहरूका अनुसार मंगलबार आएको आँधीका कारण भएको क्षतिको थप विवरण संकलन भइरहेको छ। सुकियान शहरको ड्याक्सिङ र नानकाई टाउनसिपमा साँझ पाँच बजेपछि आँधी आएको थियो।
प्रारम्भिक विवरणअनुसार आँधीबाट पाँच हजार ५१२ जना प्रभावित भएका छन् भने एक हजार ६४६ घरमा क्षति भएको छ। आँधीले ४२ हेक्टरमा लगाइएको बालीमा क्षति भएको छ। आँधीबाट ४०५ जना विस्थापित भएका छन्।
नहरको आपत्कालीन व्यवस्थापन विभागले उनीहरूलाई सहायता सामग्री प्रदान गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
