आन्दोलन गर्न पाउनु शिक्षकहरुको अधिकारको कुरा भए पनि आन्दोलनका नाममा बालबालिकाकाे पठनपाठनमा असर पुग्नेगरी विद्यालय नै बन्द गर्नु युक्तिसंगत नभएकाे महानगरले जनाएकाे छ।
काठमाडौँ– शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने काठमाडौँ महानगरले चेतावनी दिएकाे छ। नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन शुरू भएपछि महानगरले आफू मातहतका विद्यालयलाई पठनपाठनमा निरन्तरता दिन र यदि बन्द गरे कारबाही गरिने चेतावनी दिएकाे हाे।
आन्दोलन गर्न पाउनु शिक्षकहरूको अधिकारको कुरा भए पनि आन्दोलनका नाममा बालबालिकाकाे पठनपाठनमा असर पुग्नेगरी विद्यालय नै बन्द गर्नु युक्तिसंगत नभएकाे महानगरले जनाएकाे छ। "काेराेना महामारीका कारण प्रभावित भएकाे शिक्षा क्षेत्रकाे गुणस्तर सुध्रिँदै गएकाे बेला विद्यालय बन्द गरेर पुन: शैक्षिक क्षति गर्नु शिक्षककाे नैतिकता र आचरणले दिँदैन," महानगरले जारी गरेकाे सूचनामा भनिएकाे छ।
यसअघि पनि काठमाडौँ महानगरपालिकाले शिक्षक कर्मचारीहरूलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो। विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने चेतावनी यसअघि पनि दिइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
