मन्त्री श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षामा सबै एकजुट र सजग हुनुपर्ने बताए।
काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियाको महत्त्वपूर्ण कार्यभार अझै पूरा गर्न बाँकी रहेको बताएका छन्। बुधबार काठमाडौँमा आयोजित लखन थापालाई प्रथम सहिद घोषणा गरेको ८औँ वार्षिकोत्सव कार्यक्रममा उनले शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने बताए।
"शान्ति प्रक्रियाको महत्त्वपूर्ण कार्यभार अझै पनि पूरा गर्न बाँकी छ। त्यो भनेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कार्यभार हो" उनले भने, "सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पूरा गर्ने गरी हामीले शान्ति प्रक्रियालाई समग्रतामा पूर्णता दिनुपर्छ। नेपालमा द्वन्द्व पीडितलाई न्यायसहित दिगो शान्ति स्थापित गर्नुपर्छ।"
उनले पछिल्लो समय नेपालमा भएको राजनीतिक परिवर्तनमा त्यो सबै प्रेरणाको स्रोत लखन थापा भएको बताए। शहीदहरूले दिएको बलिदानको मान राख्नु पर्ने र त्यसैअनुरूप सबै अगाडि बढ्नु पर्ने उनको भनाइ छ। उनले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान र हितको रक्षामा सबै एकजुट र सजग हुनुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
