सरकारले शिक्षकका न्यायोचित माग सम्बोधन गर्नुपर्छ: विश्वप्रकाश शर्मा

शिक्षकहरूले आफ्नो हकका लागि आन्दोलनको बाटो रोज्दै गर्दा प्रत्येक विद्यार्थीको शैक्षिक भविष्यबारे समेत सचेत हुनुपर्ने उनको भनाइ छ। 

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले, सरकारले शिक्षक आन्दोलनले अघि सारेका उचित मागहरू सम्बोधन गर्नुपर्ने बताएका छन्। 

बुधबारदेखि नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरू विद्यालय बन्द गरेर सडकमा उत्रिएपछि, सामाजिक सञ्जाल मार्फत महामन्त्री शर्माले, वर्षैपिच्छे निर्माण हुँदै गरेको संघीय शिक्षा विधेयकले शिक्षकहरूका वर्षौँदेखि अल्झिएका समस्याको हल खोज्नुपर्ने बताएका हुन्। शिक्षकहरूले आफ्नो हकका लागि आन्दोलनको बाटो रोज्दै गर्दा प्रत्येक विद्यार्थीको शैक्षिक भविष्यबारे समेत सचेत हुनुपर्ने उनको भनाइ छ। 

"शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ। वर्षौँपछि निर्माण हुँदै गरेको संघीय शिक्षा ऐन मार्फत वर्षौँदेखि अल्झिएका समस्याको हल खोज्नैपर्छ। हामी लोकतान्त्रिक राज्य प्रणालीमा छौँ, एक व्यक्ति मात्रको आवाज पनि सुन्ने कर्तव्य राज्यको हुन्छ भने लोकतान्त्रिक राज्यले लाखौँ शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गर्नुहुन्न," महामन्त्री शर्माले सामाजिक सन्जालमार्फत् भनेका छन्।