कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

राति, देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। 

जसका कारण लुम्बिनी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

बाँकी प्रदेशको मौसम आंशिक बदलीदेखी सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षासमेत हुने महाशाखाको अनुमान छ।

यसैगरी राति, देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।