यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०/३० प्रतिशत कायम गर्ने अवधारणाको प्रभावकारी कार्यान्वयनमा जोड दिन्छ।
न्युयोर्क– नेपालले बायो डाइभर्सिटी बिओन्ड नेशनल जुरिडिक्सन (बीबीएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसंघले प्रस्ताव गरेको उक्त सम्झौतामा बुधबार हस्ताक्षर गरेका हुन्।
राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गरेका हुन्। नेपालले अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर गरेको हो।
खासगरी यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०/३० प्रतिशत कायम गर्ने अवधारणाको प्रभावकारी कार्यान्वयनमा जोड दिन्छ। सन् २०३० सम्ममा यो सम्झौता लागू गरिसक्ने राष्ट्रसंघको योजना छ।
विश्वभरिका राष्ट्रलाई सन् २०२३ को सेप्टेम्बर २० देखि सन् २०२५ को सेप्टेम्बर २० सम्म हस्ताक्षर गर्ने समय सीमा दिइएको थियो।
नेपालले समय सीमाको अन्तिम दिन हस्ताक्षर गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
