भारतमा पूर्वमन्त्रीको घरमा लुटपाट गरेको आरोपमा ३ नेपाली पक्राउ

पक्राउ पर्नेमा २० वर्षीय करणबहादुर, २१ वर्षीय सर्जन शाही र ३१ वर्षीय कृष्णबहादुर छन्। उनीहरूको नेपालस्थित ठेगामा भने खुलाइएको छैन।

भारतका पूर्वमन्त्री जगदीश सिंह गर्चाको घरमा चोरी गरेको आरोपमा तीन नेपाली नागरिक पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा २० वर्षीय करणबहादुर, २१ वर्षीय सर्जन शाही र ३१ वर्षीय कृष्णबहादुर रहेका छन्।

घटनामा संलग्न डेभिड नाम गरेका अर्का नेपाली फरार रहेको भारतीय प्रहरीलाई उद्‌धृत गर्दै समाचार संस्था पीटीआईले जनाएको छ। उनीहरूको नेपालस्थित ठेगामा भने खुलाइएको छैन।

त्यहाँका लिस कमिश्नर मनदीप सिंहले गर्चाको घरमा परिवारको घरेलु कामदार रहेका करण डकैतीको मुख्य योजनाकार भएको बताए। 

उनीहरूको साथबाट प्रहरीले एक करोड रुपैयाँका गरगहना, दुई लाख ७६ हजार नगद, घडी, पुराना सिक्का र अन्य सामान बरामद गरेको छ।

प्रहरीका अनुसार अभियुक्तहरू ती बहुमूल्य सामान लिएर नेपाल फर्कने योजनामा ​​थिए। पन्जाबको औद्योगिक शहर लुधियानास्थित गर्चाको घरमा सोमबार लुटपाट भएको थियो।

गर्चासहित उनकी पत्नी, बहिनी र एक महिला कामदार सोमबार आफ्नो निवासमा बेहोस फेला परेका थिए।

गर्चा सन् १९९७ देखि २००२ सम्म शिरोमनी अकाली दल–भाजपा सरकारमा क्याबिनेट मन्त्री रहेका थिए।