बिहीबार चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ। बिहीबारको कारोबारमा नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ अंकमा कायम भएको छ।
बिहीबार विभिन्न २७८ कम्पनीका एक करोड १२ लाख ६४ हजार ३०९ कित्ता शेयर एक लाख १९ हजार ३५९ पटक खरिदबिक्री हुँदा तीन अर्ब २९ करोड ३९ लाख २१ हजार ३६८ बराबरको कारोबार भएको छ।
बिहीबारको कारोबारमा जलविद्युत् र वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ। जलविद्युत् समूहको उपसूचक ५.३१ प्रतिशतले बढेको छ भने वित्त समूहको उपसूचक ४.३८ प्रतिशतले बढेको छ। बिहीबारको कारोबारमा सबै समूहका उपसूचकमा हरियाली देखिएको छ।
बिहीबार चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।
साथै, सबैभन्दा धेरै गुमाउने कम्पनीमा एनआईबीएल ग्रोड फन्डको शेयर मूल्य ४.०७ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै २० करोड १८ लाख ३६ हजार ४८३ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सात लाख २९ हजार २३२ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
