रास्वपाले शिक्षकहरूलाई आफ्ना मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीहरूको पढ्न पाउने अधिकार कुण्ठित नगर्न आग्रह गरेको छ।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदाहुँदै विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेको छ। बिहीबार रास्वपा महामन्त्री मुकुल ढकालले विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षक संगठनहरूलाई विद्यार्थीको पढ्न पाउने अधिकारी कुण्ठित हुने गरी आन्दोलन नगर्न आग्रह गरेका हुन्।
‘विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’प्रति असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर देशभरबाट शिक्षकहरू काठमाडौँ आएर विरोध प्रदर्शन गर्दै आएका छन्। शिक्षकहरूको काठमाडौँकेन्द्रित आन्दोलनप्रति ध्यानाकर्षण जनाउँदै रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शिक्षकहरूको पेसागत विकासका मागहरूमा हामी एकै ठाउँमा उभिन तयार छौँ, साथै शिक्षकहरूले आफ्ना मागहरू सरकारसमक्ष राख्न पाउने वैकल्पिक विधिहरू हुँदा हुँदै विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न सम्पूर्ण शिक्षक संगठनहरूप्रति हार्दिक अनुरोध गर्दछौँ।”
रास्वपाले विज्ञप्तिमा विद्यार्थीहरूको उज्जवल भविष्य सुनिश्चित गर्न शिक्षकहरूको हकहित सुनिश्चित हुनुपर्दछ भन्ने पक्षमा रहे तापनि शिक्षकहरूले आफ्नो पेसागत हकहितका लागि एकजुट हुने नाममा राजनीतिक दलको भ्रातृ संगठनका रूपमा रहन नहुने नीति लिएको उल्लेख गरेको छ। रास्वपाले विधेयकका सम्बन्धमा विभिन्न सरोकारवाला निकायहरूसँग निरन्तर छलफल गरिरहेको, सरोकारवाला र विज्ञहरूसँग परामर्श गरी विधेयकका सम्बन्धमा आफ्नो धारणा तथा संशोधन प्रस्ताव राख्ने जनाएको छ।
“नेपालका सम्पूर्ण सार्वजनिक विद्यालयहरूको गुणस्तर उकास्नु पर्छ, ती विद्यालयहरूमा पढाउने शिक्षकको जीवनस्तर तथा पढ्ने विद्यार्थीहरूको उज्जवल भविष्य सुनिश्चित गर्नुपर्छ भन्ने कुरामा हामी प्रष्ट थियौँ र छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो प्राथमिकता विद्यार्थीको भविष्य नै हो। शिक्षाको गुणस्तर उकास्न नसके मुलुक भयावह स्थितिमा जान्छ। नेपालको शिक्षा नैतिक, व्यावहारिक, रोजगारमुखी र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न योग्य हुनुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ,” विज्ञप्तिमा भनिएको छ “निश्चय नै शिक्षक जस्तो मर्यादित र अतिसम्मानित पेशालाई सरकारबाट कहिल्यै उचित व्यवहार भएन।”
विज्ञप्तिमा समयमै विद्यालयका लागि आवश्यक दरबन्दी नखुलाउने, लाइसेन्सको परीक्षा नलिने तथा सबैलाई खुला पनि नगर्ने, लिएको परीक्षाको नतिजा वर्षाैंसम्म ननिकाल्ने जस्ता कुराले शिक्षक हुन चाहेकाहरूलाई अन्योलमा राखिँदै आएको पाइएको पनि उल्लेख गरिएको छ। रास्वपाले शिक्षकको तलब सुविधा सबैभन्दा धेरै हुनुपर्छ भनी स्थापनाकालदेखि नै पटक–पटक आवाज उठाउँदै आएको पनि स्मरण गराएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
