युरोपेली देशलगायत अमेरिका, जापानकाे प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी गर्ने 'विस एचआर सोलुसन प्राली'को इजाजतपत्र रद्द गर्दै कम्पनीका सञ्चालकविरुद्ध वैदेशिक रोजगार विभागले मुद्दा दर्ता गरेकाे हाे।
काठमाडौँ– वैदेशिक राेजगारीमा युरोपेली देशलगायत अमेरिका, जापानकाे प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी गर्ने 'विस एचआर सोलुसन प्राली'को इजाजतपत्र रद्द गर्दै कम्पनीका सञ्चालकविरुद्ध वैदेशिक रोजगार विभागले मुद्दा दर्ता गरेको छ।
कम्पनीका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइराला भनिने फडिन्द्र कोइरालाविरुद्ध विभागले वैदेशिक रोजगार न्यायाधीकरणमा मंगलबार मुद्दा दर्ता गरेको हो। उनीहरूले सरिता भुजेल लगायतका ४३ जनालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै तीन करोड ८२ लाख २८ हजार ४९८ रुपैयाँ ठगी गरेको विभागले जनाएको छ। आफूहरूबाट पैसा लिएर वैदेशिक रोजगारीमा नपठाएको र पैसा फिर्ता पनि नगरेकाे भन्दै पीडितहरूले विभागमा उजुरी दिएका थिए।
वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४ बमोजिमको कसूर गरेकोमा प्रतिवादी विस एचआर सोलुसन प्राली र त्यसका सञ्चालकलाई पीडितले दाबी गरेकाे बिगो र त्यसको ५० प्रतिशतले हुन आउने हर्जानासमेत पीडितहरूलाई भराइदिन न्यायाधीकरणमा मुद्दा दर्ता गरेको विभागका सूचना अधिकारी कविराज उप्रेतीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
