अर्थमन्त्री महतले पर्यटक आगमन बढिरहेको, विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको बताउँदै अर्थतन्त्रमा ‘रिर्सोस’ आइरहेको बताए।
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा चलाइएको कुचक्रलाई सुचक्रमा बद्ल्न निक्षेप तथा कर्जा सुरक्षा कोषले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्। कोषको ५०औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले निजी क्षेत्रले पनि सकारात्मक ‘भाइभ’ फैलाउनुपर्ने बताए।
अर्थतन्त्रमा देखिएका समस्या बिस्तारै कम हुँदै गएको उनको भनाइ थियो। “समस्या सम्बोधनका लागि सरकारले फेसिलेट गर्ने काममा कमी हुन दिने छैन। सरकारले अप्ठ्यारा हटाउँदै जानेछ, कतिपय हटिसकेका छन् घटिसकेका छन्,” उनले भने।
अर्थमन्त्री महतले पर्यटक आगमन बढिरहेको, विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको बताउँदै अर्थतन्त्रमा ‘रिर्सोस’ आइरहेको बताए। यद्यपि चलायमान भने नभएको उनको भनाइ छ। “हातमा परेको पैसा कहाँ के गर्ने भन्ने असुरक्षाका कुरा व्यापक प्रवाह भइरहेको छ। खत्तम छ अर्थतन्त्र, अहिले खर्च गर्न ठीक समय होइन, लगानी नगरौँ। बैंकहरूले लगानी नगरुन्, पैसा थुपारुन्, राखुन् भन्ने जुन नकारात्मक सर्कुलर छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ,” उनले भने।
४ करोड १८ लाख निक्षेप कोषको खातामा रहेको १२ खर्ब ८८ अर्ब रकमको सुरक्षा प्रदान गरिरहेको छ। करिब १७ लाख ऋणीलाई कोषले सुरक्षा दिइरहेको मन्त्री डा. महतले बताए। उनले यसको पहुँच विस्तार भइरहेको औँल्याए। “साना उद्यमीदेखि आमनिक्षेपकर्तालाई सुरक्षा प्रदान गरेको छ। लघु वित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षणजस्ता कर्जा सुरक्षणको बैंक तथा वित्तीय संस्थालाई दूरदराजमा रहेका निम्न वर्गको पहुँचमा यसले कार्य क्षेत्र विस्तार गरेको छ,” उनले भने।
सरकारले विभिन्न समयमा ल्याएका कृषि अगुवा सूचना, वैदेशिक रोजगार, स्टार्टअप रोजगारजस्ता कार्यक्रमलाई कोषले विस्तार गरेको मन्त्री डा. महतले बताए। विश्वमा आईटीमा क्रान्ति आएको उल्लेख गर्दै उनले कर्जा सुरक्षा कोषले पनि प्रविधिको प्रयोग गर्नुपर्ने बताए।
“यो परिवर्तनको समय हो, प्रविधिको नयाँ नयाँ विकास भइरहेको छ। डिजिटल एकाउन्टिङको हामीले कुरा गरिरहेका छौँ। आईटीमा जुन क्रान्ति आएको छ, त्यसले ट्रानजेक्सनको कष्ट घटाएको छ,” मन्त्री डा. महतले भने, “यसलाई हामीले ग्रहण गर्न जरुरी छ। कर्जा सुरक्षा कोषले यो काममा अग्रणी भूमिका खेल्ने छ। यसले उच्च व्यावसायिकताका आधारमा काम गर्छ भन्ने सरकारले विश्वास लिएको छ। यसको सेवा विस्तार हुनुपर्यो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
