तराईमा हावाहुरी, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

गण्डकी, लुम्बिनी, कोशी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

साथै झारखण्ड आसपासमा रहेको न्यूनचापीय क्षेत्रको पनि प्रभाव रहेकाले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी, कोशी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।  

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

कोशी र गण्डकीका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, मधेश र कोशीका तराई भूभागमा हावाहुरीसमेत चल्नेछ।

राति, कोशी, मधेश, बागमती र गण्डकीमा सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ।

कोशी, मधेश, बागमती र  गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।