लोमान्थाङमा उत्पादन भएको आलु जोमसोम, कागबेनी, मुक्तिनाथ, बेनी, बागलुङ, पोखरा र काठमाडौँसम्म पुग्ने हुने गरेको छ। व्यापारीले बरीमै आएर आलु खरिद गर्ने गरेका छन्।
म्याग्दी– मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिक रूपमा व्यावसायिक आलुखेती गरेका छन्।
लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले १३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेर आम्दानी लिन थालेका हुन्। समूहका अध्यक्ष कर्म साम्टुक गुरुङले धेरै वर्षअघिदेखि बाँझो रहेको जमिनमा खनजोत गरेर व्यावसायिक आलुखेती गरिएको जानकारी दिए।
“१३ जनाको समूहमा बाँझो जग्गा खनजोत गरेर स्थानीय जातको आलुखेती गरेका छौँ,” उनले भने, “कामको खोजीमा विदेश नगई यही आलुखेतीलाई निरन्तरता दिने योजनामा छौँ।” जेठ पहिलो हप्ता लगाएको आलु खनेर भित्र्याउने चटारो रहेको उनले बताए।
२० रोपनी जमिनबाट पाँच लाख ६२ हजार ५०० रुपैयाँ बराबरको ११ हजार २५० किलोग्राम आलु निकालिसकेको समूहले जनाएको छ। लोमान्थाङ, जोमसोम, कागबेनी, मुक्तिनाथ, बेनी, बागलुङ, पोखरा र काठमाडौँको बजारमा आलु खपत हुने गरेको छ। प्रतिकिलो ५० रुपैयाँका दरले बारीबाटै आलु बिक्री हुने गरेको छ।
चिसो हावापानीमा रासायनिक मल र विषादीको प्रयोगबिना उत्पादन भएको आलुले राम्रो बजार पाएकाले आगामी वर्ष खेती विस्तार गर्ने योजना रहेको समूहका सदस्य राजु गुरुङले बताए। “रासायनिक मल र विषादीको प्रयोगबिना चिसो हावापानीमा प्रांगारिक प्रविधिबाट आलुखेती गरेका छौँ,” उनले भने, “स्वादिष्ट, स्वस्थ र गुणस्तरीय भएकाले आलुले राम्रो बजार पाएको छ।”
थिङगरमा आलुखेतीका लागि लोमान्थाङ गाउँपालिकाले २०७९/८० मा २० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो। समूहले थप २० लाख रुपैयाँ लगानी गरेका छन्। अध्यक्ष गुरुङले गाउँपालिकाको अनुदानमा बीउ, मल खरिद र खनजोत गरिएको बताए। कृषि ज्ञान केन्द्रले सिँचाइका लागि नहर बनाउन गत आवमा दुई लाख रुपैयाँ सहयोग गरेको थियो।
बाँझो जमिनको सदुपयोग, आलुमा आत्मनिर्भर बनाउने, रोजगारी सिर्जना र कृषकको आयआर्जन वृद्धिका लागि आलुखेतीसम्बन्धी कार्यक्रम सञ्चालन गरेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
