मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी छन्। झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको एसपी सन्तोष सिंह राठौरले जानकारी दिए।
काठमाडौँ– बाँकेको डुडुवा गाउँपालिका– ६ स्थित जयेन्दु बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ।
१० जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिए।
उनका अनुसार मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी छन्। झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
उनको टाउकोमा गम्भीर चोट लागेको थियो। बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ।
घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बालसुधार गृहमा अहिले पनि प्रहरी तैनाथ रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
