‘फिफिया’ एप्समार्फत ११ लाख ठगी गरेको आरोपमा १ जना पक्राउ

काठमाडौँको टोखा बस्दै आएको २८ वर्षीय दादीकी शेर्पा राईले ‘फिफिया’ एप्समा फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर बेटिङमार्फत ११ लाख २७ हजार रुपैयाँ ठगेको प्रहरीले जनाएको छ।

काठमाडौँ– ‘फिफिया’ एप्समार्फत अनलाइन बेटिङ गराएर ११ लाखभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

भोजपुरको हतुवागढी गाउँपालिका–६ घर भई हाल काठमाडौँको टोखा बस्दै आएको २८ वर्षीय दादीकी शेर्पा राईलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

उनले फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर बेटिङमार्फत ११ लाख २७ हजार रुपैयाँ ठगेको अनुसन्धानबाट खुलेको उनको भनाइ छ।

एसपी रेग्मीका अनुसार शेर्पाले सामाजिक सञ्जालमार्फत साथी बनाएर फिफिया एप्स इन्स्टल गर्न र बैंक खातालगायत बायोडाटा विवरण अपडेट गर्न लगाएर ठगी गरेकी थिइन्। 

उनलाई ठगी तथा सट्टाबाजीसम्बन्धी कसुरमा अनुसन्धान एवं कारबाहीका लागि टेकुस्थित जिल्ला प्रहरी परिसर पठाइएको रेग्मीले बताए।