उक्त चित्रमा एक अनाथ केटीले आफूलाई पाल्ने आमासँग गरेको संघर्ष दर्साउँछ।
अमेरिकाको न्यु ह्याम्प्सायर क्षेत्रमा एक महिलाले ४ डलरमा किनेको चित्र (पेन्टिङ) एक लाख ९१ हजार अमेरिकी डलरमा बिक्री भएको छ।
सेकेन्डह्यान्ड सामग्री पाइने पसल (थ्रिफ्ट सप)बाट सन् २०१७ मा किनेको उक्त चित्र ती महिलाले केही समयसम्म आफ्नो घरको भित्तामा टाँगिन्। तर, जब एक दिन उनले उक्त चित्रको तस्वीर खिचेर फेसबुकमा राखिन्, बल्ल उनले त्यो चित्रको वास्तविकता थाहा पाइन्। उक्त चित्र प्रसिद्ध अमेरिकी चित्रकार एनसी वेथको भएको थाहा भएपछि उनले लिलाम घर बोनह्याम्स स्किनरमार्फत बिक्री गरेकी हुन्।
बोनह्याम्सले जनाएअनुसार त्यो चित्र गएको सोमबार एक लाख ९१ हजार डलरमा बिक्री भएको छ। रामोना नामको उक्त पेन्टिङ पेनिसेल्भिनियाका प्रसिद्ध लेखक हेलेन हंट ज्याक्सको उपन्यास रामोनको लागि बनाइएको थियो।
चित्रकारले यो चीत्र पुस्तकका सम्पादकलाई उपहारस्वरुप दिएको हुनसक्ने बताइएको छ। १८८४ मा प्रकाशित पुस्तकको १९३९ को संस्करणको लागि त्यो पेन्टिङ बनाइएको बोनह्याम्स स्किनर लिलाम घरले जनाएको छ। उक्त चित्रमा एक अनाथ केटीले आफूलाई पाल्ने आमासँग गरेको संघर्ष दर्साउँछ।
लामो समयदेखि हराएको मानिएको उक्त चित्र कसरी थ्रिफ्ट सपमा पुग्यो भन्नेबारे भने थाहा हुन सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
