विश्वले सामना गर्नुपरेका विविध चुनौतीको प्रभावकारी एवं समयमै सम्बोधन गर्न सुरक्षा परिषद् अक्षम भएकाले यसको व्यापक सुधार अपरिहार्य भएकामा उनीहरूको जोड छ।
ब्राजिल, जर्मनी र जापानका विदेशमन्त्रीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
७८औँ महासभाका सन्दर्भमा भएको बैठकमा उनीहरूले परिषद् विस्तारको आह्वान गर्दै एक अर्काको उम्मेदवारीलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
ब्राजिलका विदेशमन्त्री माउरो भिएरा, जर्मनीका संघीय विदेशमन्त्री अन्नालेना बेरबक, जापानका विदेशमन्त्री योको कामिकावा र भारतीय विदेश मन्त्रालयका सचिव (पश्चिम) सञ्जय वर्माले परिषद्को विस्तार र सुधारका बारेमा छलफल गरेका हुन्।
विश्वले सामना गर्नुपरेका विविध चुनौतीको प्रभावकारी एवं समयमै सम्बोधन गर्न सुरक्षा परिषद् अक्षम भएकाले यसको व्यापक सुधार अपरिहार्य भएकामा उनीहरूको जोड छ। “विकासशील देशका भूमिका र सहभागिता बढाउन परिषद्मा अस्थायी र स्थायी दुवै तहमा सदस्यता विस्तार गर्न आवश्यक छ,” बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।
परिषद्मा भौगोलिक प्रतिनिधित्व नहुनुलाई ऐतिहासिक अन्याय भन्दै उनीहरूले अफ्रिका, ल्याटिन अमेरिका र क्यारिबियन भेगको प्रतिनिधित्व बढाउनुपर्ने बताएका हुन्।
प्रतिनिधित्व नभएका समूह र क्षेत्रको सहभागिता बढाउनुपर्ने तथा सबै परिषद्लाई लिएर अफ्रिकी देशले प्रस्तुत गरेका साझा अवधारणप्रति चारवटै देशको दृढ समर्थन रहेको जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
