नेपालको वित्तीय व्यवस्थापनलाई सुदृढ तथा विकेन्द्रीकरण गर्न सहुलियतपूर्ण ऋण खर्च हुने एडीबीले जनाएको छ।
काठमाडौँ– एशियाली विकास बैंक (एडीबी)ले नेपाललाई १० करोड अमेरिकी डलर (१३ अर्ब २६ करोड) रुपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको छ। नेपालको वित्तीय व्यवस्थापनलाई सुदृढ तथा विकेन्द्रीकरण गर्न सहुलियतपूर्ण ऋण खर्च हुने एडीबीले जनाएको छ।
सन् २०२५ सम्म वित्तीय संरचनागत सुधारका लागि सहयोग महत्त्वपूर्ण मानिएको छ। एडीबीको यो कार्यक्रमले पुँजीगत खर्चको मात्रासँगै गुणस्तर वृद्धि, वित्तीय जोखिम न्यूनीकरण, सार्वजनिक निकायमा सुधारका साथै वित्तीय पारदर्शिता र दक्षता अभिवृद्धि गर्ने एडीबीका सार्वजनिक व्यवस्थापन अर्थशास्त्री चन्दन सापकोटाले बताए।
नेपालको खर्च र ऋण व्यवस्थापन क्षेत्रको सुधारका लागि एडीबीले सहयोग गर्दै आएको छ। कार्यक्रम अन्तर्गत वित्तीय जोखिम र रणनीति प्रतिवेदनको स्वीकृति र त्यसको सञ्चालन, ऋण व्यवस्थापनमा पारदर्शिता र वार्षिक ऋण योजनाको कार्यान्वयन, सार्वजनिक संस्थानहरूको सुशासन र व्यवस्थापनमा सुधार, मध्यमकालीन सार्वजनिक वित्तीय व्यवस्थापन सुधार रणनीतिको कार्यान्वयन पनि समावेश छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
