तक्सीम स्क्वायर क्षेत्रको बजारमा आइतबार साँझ शक्तिशाली विस्फोट भएको टर्कीका गर्भनर अलि यर्लिकायले बताएका छन्।
एजेन्सी– टर्कीको इस्तानबुलस्थित व्यस्त सडकमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ। ८१ जना घाइते भएका छन्।
तक्सीम स्क्वायर क्षेत्रको बजारमा आइतबार साँझ शक्तिशाली विस्फोट भएको टर्कीका गर्भनर अलि यर्लिकायले बताएका छन्। विस्फोटको कारण खुलेकोे छैन। प्रहरीको बाक्लो उपस्थितिमा घाइतेको उद्धार भइरहेको छ।
टर्कीका परिवार तथा सामाजिक सेवामन्त्री देर्या यानिकले आफ्नो मन्त्रालयका एक कर्मचारी र उनकी छोरी आक्रमणमा परेको बताएका छन्। टर्कीका राष्ट्रपति रिसिप तैयप एर्दोगानले घटनाको भर्त्सना गर्दै विस्फोटमा संलग्नलाई सजाय दिने बताएका छन्। सीसीटीभी फूटेजका आधारमा घटनाको अनुसन्धान अघि बढिसकेको उनले एपी न्यूजलाई बताएका छन्।
टर्कीस्थित अमेरिकी दूतावास, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ, युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्की, पाकिस्तान, इटली, ग्रिससहित विभिन्न अन्तर्राष्ट्रिय व्यक्ति तथा समुदायले घटनाप्रति दुःख व्यक्त गरेका छन्। टर्कीमा सन् २०१५ देखि २०१७ बीचमा भएका शृङ्खलाबद्ध बम विस्फोटपछि पहिलो पटक यति ठूलो विस्फोट भएको हो।
त्यतिबेला ५०० जनाभन्दा बढीले ज्यान गुमाएका थिए। टर्कीमा इस्लामिक स्टेट आइएस र कुर्दीस लडाकूहरूले स्वतन्त्रताको मागसहित विस्फोट गराउँदै आएका छन्। तर आइतबारको घटनाको जिम्मा कुनै समूहले लिएका छैनन्। टर्कीका उपराष्ट्रपति फुवत अक्ताएले एक महिला आक्रमणकारीले विस्फोट गराएको भन्ने सुनिएको बताएका छन्।
यस्तै टर्कीका न्यायमन्त्री बकिर बोजदागका अनुसार आक्रमण गराउने ती महिला सो क्षेत्रमा एक बेन्चमा ४० मिनेट जति बसेको र उनी निस्किने बित्तिकै त्यहाँ विस्फोट भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

