कोशी, मधेश र गण्डकीका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। साथै लुम्बिनी, मधेश र कोशीका तराई भूभागमा हावाहुरीको समेत सम्भावना रहेको छ।
काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
साथै भारतको झारखण्ड आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
कोशी, मधेश र कर्णालीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी, मधेश, बागमती र गण्डकीमा सामान्य बदली र बाँकी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
कोशी, मधेश र गण्डकीका एक–दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। साथै लुम्बिनी, मधेश र कोशीका तराई भूभागमा हावाहुरीको समेत सम्भावना रहेको छ।
यसैगरी, राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।
साथै कोशी, मधेश र बागमतीका एक–दुई स्थानमा भारी वर्षा हुने समेत महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
