सोमबार नेप्से परिसूचक ४.२६ अंकले उकालो लागेर एक हजार ९६९.१८ मा पुगेको थियो। यस दिन विभिन्न कम्पनीका कुल २८ लाख ७४ हजार कित्ता शेयर ८७ करोड चार लाख रुपैयाँमा खरिदबिक्री भएको थियो।
काठमाडौँ– शेयर कारोबार मापक नेप्से परिसूचक साताको पहिलो दिन उच्च अंकले घटेर बाँकी तीन दिन लगातार बढेर बन्द भएको छ।
यो साता कूल चार दिनको कारोबारमा सात अर्ब ३६ करोड ९५ लाख ११ हजार रुपैयाँ मूल्य बराबरको धितोपत्र खरिद बिक्री भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार शेयर बजारमा साताको कारोबारको पहिलो दिन आइतबार कुल २७८ कम्पनीका ५६ लाख ५९ हजार ४५८ कित्ता शेयर दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भयो। आइतबार नेप्से परिसूचक ४२.१४ अंकले घटेर एक हजार ९६४.९१ अंकमा आएको थियो।
त्यस्तै दोस्रो दिन सोमबार नेप्से परिसूचक ४.२६ अंकले उकालो लागेर एक हजार ९६९.१८ मा पुगेको थियो। यस दिन विभिन्न कम्पनीका कुल २८ लाख ७४ हजार २७५ कित्ता शेयर ८७ करोड चार लाख ४४ हजार १५६ रुपैयाँमा खरिदबिक्री भएका थियो।
कारोबारको तेस्रो दिन भने नेप्से दोहोरो अंकले बढेको थियो। यस दिनको अन्तिम कारोबारपछिको अवस्थामा परिसूचक १६.२४ अंकले बढेर एक हजार ९८५.४३ अंकमा कायम भएको थियो। २७२ कम्पनीको ४३ लाख ३६ हजार ५८३ कित्ता शेयर ५० हजार २९६ पटक खरिद बिक्री हुँदा एक अर्ब १७ करोड ६६ लाख ८० हजार ७५७ रुपैयाँको कारोबार भएको थियो।
त्यस्तै यस साताको धितोपत्र कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक उत्साहजनक वृद्धि भएको थियो। यस दिन नेप्से परिसूचक ४४.३४ अंकले बढेर दुई हजार २९.७८ अंकमा कायम भएको थियो।
यो दिन २७८ कम्पनीका एक करोड १२ लाख ६४ हजार ३०९ कित्ता शेयर एक लाख १९ हजार ३५९ पटक खरिद बिक्री भएको थियो। जसमा तीन अर्ब २९ करोड ३९ लाख २१ हजार ३६८ बराबरको कारोबार भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
