१९औँ एशियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हाङजाओमा भेटवार्ता भएको छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ।
शनिबार बिहान अमेरिकाबाट चीन पुगेकाका प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच हाङजाओमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटवार्ताका अजेन्डा भने जानकारी गराइएको छैन। तर उनीहरूबीच नेपालको भौतिक पूर्वाधारलगायत विभिन्न दुई पक्षीय हितका विषयमा कुराकानी हुने बताइएको छ।
भेटवार्तापछि प्रधानमन्त्री दाहालले दुई घण्टा होटलमा आराम गरेर शनिबार हुने १९औँ एशियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ।
चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री दाहाल एक साता लामो भ्रमणका लागि चीन पुगेका हुन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री दाहाल उतैबाट चीन गएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
