सुनको मूल्य घट्यो

छापावाल सुन प्रतिताेला ९७ हजार दुई सय र तेजाबी सुन ९६ हजार सात सय रुयैयाँमा काराेबार भइरहेकाे छ।

काठमाडौँ– सुनचाँदी बजारमा सोमबार सुनको मूल्य सय रुपैयाँले घटेको छ।

बजारमा छापावाल सुनको मूल्य आइतबारको तुलनामा सय रुपैयाँ बढेर ९७ हजार दुई सय कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार सात सय छ।

त्यस्तै चाँदी एक हजार दुई सय ९५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य एक हजार तीन सय थियो।