एशियाली खेलकुद: टेबल टेनिस टिम इभेन्टबाट बाहिरियो नेपाल

टेबल टेनिस टिम इभेन्टमा नेपालको पुरुष टोली उत्तर कोरिया तथा महिला टोली भारतसँग पराजित भएको छ। 

हाङ्जाउ– १९औँ एशियाली खेलकुद, २०२२ अन्तर्गत  टेबल टेनिस टिम इभेन्टमा नेपाल समूह चरणबाट बाहिरिएको छ।

नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो। गोंगशु क्यानल जिमेन्जियममा भएको खेलमा समूह ‘एफ’मा रहेको महिला टोली भारतसित ३–० ले पराजित भएको हो।

नेपालकी सिक्क सुवाल ११–१, ११–६ तथा ११–८ अंकले पराजित भइन्। यस्तै नविता श्रेष्ठ ११–३, ११–७ तथा ११–२ अंकले पराजित भइन्। इभान थापा मगर ११–१, ११–५ तथा ११–२ अंकले पराजित भइन्।

यसैगरी पुरुष टोली उत्तर कोरियासित नेपाल ३–० ले नै पराजित भएको छ। समूह ‘बी’मा रहेको नेपालका संयोग कपाली ११–७, ११–४ तथा ११–५ अकले पराजित भए। 

अर्को खेलमा नेपालका रुविन महर्जन ११–२, ११–६ तथा ११–२ अकले पराजित भए भने विलोश श्रेष्ठ ११–८, ११–२ तथा ११–३ अंकले पराजित भए।