गाँजालाई वैधानिकता दिन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ बारम्बार सरेपछि आफूहरू सडकमा उत्रिन बाध्य भएको उनीहरूकाे भनाइ छ।
काठमाडौँ– नेपाल फार्म व्यवसायी संघ र नेपाल गाँजा वैधानिक महाअभियान गाँजाको वैधता माग गर्दै आन्दोलनमा उत्रिएको छ। आइतबार काठमाडौँको माइतीघरमा उनीहरूले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका हुन्।
विरोध प्रदर्शनमा सहभागीहरूले ‘गाँजा तत्काल वैध गर सरकार’, ‘घरघरमा रोजगार गाँजा नेपालको प्रथम व्यापार’, र ‘जनता होइन नेपालको जडीबुटीलाई बेच सरकार’ लगायतका ‘प्ला कार्ड’ प्रदर्शन गरेका थिए। सर्वोच्च अदालतमा गाँजालाई वैधानिकता दिन माग गर्दै दायर भएको मुद्दाको सुनुवाइ बारम्बार सरेपछि आफूहरू सडकमा उत्रिन बाध्य भएको संघका केन्द्रीय अध्यक्ष रिगेन्द्र गिरीले बताए।

उनले भने, "गाँजा वैधानिक हुनुपर्छ भनेर हामीले सर्वोच्चमा मुद्दा दायर गरेका थियौँ। त्यो मुद्दाको सुनुवाइ बारम्बार सरेपछि हामी सडक आन्दोलन आएको छौँ।"
अध्यक्ष गिरीले गाँजा–चरेस विभिन्न रोगको उपचार गर्न प्रयोग हुने भएकाले औषधि उपचारको लागि प्रयोग गर्नुपर्नेमा जोड दिए। उनले भने, "चरेस भनेपछि मानिस नै डराउने अवस्था छ, तर सबैभन्दा ठूलो औषधि यही हो। गाँजाको डाँठबाट घर पनि बनाउन सकिन्छ। गाँजा व्यवसाय वैध गर्नुपर्छ, यो सबै औषधि उपचारको लागि प्रयोग गर्न पाउनुपर्छ भनेर आन्दोलनमा छौँ।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
