प्रधानसेनापति शर्मा भारत प्रस्थान

१३औँ इन्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन उनी भारततर्फ प्रस्थान गरेका हुन्। 

काठमाडौँ–  प्रधानसेनापति महारथी प्रभुराम शर्मा आइतबार भारत प्रस्थान गरेका छन्। 

असोज ८ देखि १० गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने १३औँ इन्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन उनी भारततर्फ प्रस्थान गरेका हुन्। 

उनलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गरेका थिए।  भारत प्रस्थान गर्नुपूर्व आजै उनलाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो।

भ्रमण कार्यक्रम सकेर प्रधानसेनापति शर्मा असोज ११ गते स्वदेश फर्किने छन्।