गाईकाे चित्र अंकित १० ग्राम सिक्काको एक हजार ६०० रुपैयाँ र २५ ग्राम सिक्काको चार हजार रुपैयाँ निर्धारण गरिएको छ।
काठमाडौँ– नेपाल राष्ट्रबैंकले गाईकाे चित्र अंकित चाँदीका 'मेडालियन सिक्का' बिक्री शुरू गरेको छ। आइतबार टक्सार महाशाखामा आयाेजित कार्यक्रमबीच गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन्।
महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका सिक्का बिक्री शुरू गरेको हो। १० ग्राम सिक्काको एक हजार ६०० रुपैयाँ र २५ ग्राम सिक्काको चार हजार रुपैयाँ निर्धारण गरिएको छ। बैंकसँग मौज्दात रहेको चाँदीलाई गलाएर मेडालियन सिक्का टकमरी गरिएको टक्सार महाशाखाले जनाएको छ।
दुवै सिक्कामा नौ सय ९९ टचको चाँदी प्रयोग गरिएको छ। दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ। बैंक सञ्चालक समितिको गत जेठ १९ गते बसेको बैठकले १० ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो। सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ।
राष्ट्रबैंक, टक्सार महाशाखा सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपछि पुराना मेसिनहरू मर्मतसम्भार गरी मुद्रणसम्बन्धी कार्य शुरू गरेको पनि राष्ट्रबैंकले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
