निर्वाचन आयोगले स्थानीय प्रशासनले आचारसंहिता पालना नगरे कडा कारबाही गरिने बताएको छ। आयोगले सबै कर्मचारीको सूक्ष्म निगरानी गरिरहेको बताउँदै बदमासी गरे जागिर नै धरापमा पर्नसक्ने चेतावनी दिएको हो।
काठमाडौँ- निर्वाचन आयोगले उम्मेदवारहरूको पक्ष वा विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गरिने चेतावनी दिएको छ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्थानीय प्रशासन निर्वाचनमा कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने बताएका हुन्। उनले स्थानीय प्रशासनका कर्मचारीहरूले चुनाव लक्षित राजनीतिक दलका कुनै पनि उम्मेदवारहरूसँग पक्ष/विपक्षमा लागेर काम गरेको पाएमा सरकारी सेवा नै धरापमा पर्नसक्ने चेतावनी समेत दिए।
आयुक्त भण्डारीले कुनै पनि स्थानीय प्रशासन उम्मेदवारहरूको पक्ष/विपक्षमा उभिएको पाइए आयोगलाई जानकारी गराउन पनि आग्रह गरे। उनले निर्वाचनलाई असर पार्ने खालका कुनै पनि क्रियाकलाप गर्न नपाइने समेत उल्लेख गरे।
स्थानीय तहमा कार्यरत कर्मचारीहरू कामको सिलसिलामा राजनैतिक दलका नेता कार्यकर्ता उम्मेदवारसँग नजिक भएर काम गर्ने भएकोले निर्वाचनको समयमा पक्ष/विपक्षमा उभिने सम्भावना भएको भन्दै सबै सजग हुनुपर्नेमा जोड दिए। आयुक्त भण्डारीले निर्वाचन आयोग र मातहतका कार्यालयले स्थानीय तहमा कार्यरत कर्मचारीहरूको गतिविधिमा सूक्ष्म ढंगले निगरानी राखेको पनि बताए।
निर्वाचन आयुक्त भण्डारीले भने, “दलहरूको पक्ष र विपक्षमा स्थानीय प्रशासन लाग्दैन भन्नेमा हामी ढुक्क छौँ। कुनै ठाउँको स्थानीय प्रशासन कुनै उम्मेदवारको पक्षमा लागेर अरूको विपक्षमा लागेको देखियो भने तत्क्षण नै कारबाही हुन्छ। यति ठूलो जोखिम उठाउनु पर्छ कि उहाँहरूको त्यो सेवा अवधि, सरकारी सेवा, निजामती सेवा नै धरापमा पर्नसक्छ।”
आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरूलाई तत्काल कारबाही गर्न आयोग सचेत रहेको समेत बताए। अबको ३ दिन राजनीतिक दल वा त्यसका उम्मेदवारहरूले आचारसंहिता उल्लंघनको घटना बढाउने सक्ने आकलन गरी आयोगले सोही अनुसारको सुरक्षाकर्मी परिचालनको व्यवस्था गरेको पनि बताए।
निर्वाचन आयोगले गृह प्रशासनले सम्भावित झडप हुने ठाउँमा आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाएको बताए। निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गर्न गृह प्रशासनलाई पटकपटक निर्देशन दिएको जानकारी दिए।
निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन आयोगले सबै खालका शक्ति परिचालन गरिरहेको पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
