खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले प्रदान गर्दै आएकाे यी पुरस्कार तथा सम्मानकाे राशि तीन लाख रुपैयाँ रहेकाे छ।
काठमाडाैँ– समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास मनुले २०७९ काे पद्मश्री साहित्य पुरस्कार प्राप्त गरेकाे छ।
खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई २०६३ देखि प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ।
पुरस्कारकाे लागि प्राप्त १८० पुस्तकमध्येबाट छनौट प्रक्रियाको पहिलो चरण (विस्तारित सूची)मा पन्ध्र र दोस्रो चरण (सङ्क्षिप्त सूची)मा पाँच पुस्तक सार्वजनिक गरेकाेमा निर्णायक मण्डलले मनुलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गरेकाे खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताए। मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो। मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ।
त्यस्तै चित्रकार तथा कार्टुनिस्ट दुर्गा बराल 'वात्सायन'लाई पद्मश्री साधना सम्मान प्रदान गरिएकाे छ। २०६७ देखि दिन थालिएकाे याे सम्मान साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने विशिष्ट साधकलाई प्रदान गरिन्छ। बरालले नेपाली कार्टुनलाई नयाँ शैली तथा कलात्मक र धारिलो व्यङ्ग्यका माध्यमबाट नवीन दिशा दिनुका साथै नेपाली चित्रकलामा पनि उनकाे विशिष्ट याेगदान रहेको भन्दै प्रतिष्ठानले जनाएकाे छ। याे सम्मान २०६७ देखि प्रदान गर्दै आएकाे छ।
यस्तै गत वर्षबाट शुरू गरिएको पद्मश्री गौरव पुरस्कार यस वर्ष काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रदान गर्ने निर्णय भएकाे प्रतिष्ठानले जनाएकाे छ। समाजलाई गौरवपूर्ण योगदान दिने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कार दिइन्छ।
तीनवटै पुरस्कारकाे राशी तीन लाख रुपैयाँ रहेकाे छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
