सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको तरकारी बाेकेकाे जीप दुर्घटना भएकाे हाे।

तस्वीर: बादल आचार्य

काठमाडाैँ–  सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृतकको पहिचान हुन सकेको छैन। 

रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको ‘सिंगल क्याप’ जीप  साेमबार बिहान  कपुरकोट गाउँपालिका ३ चोरखोला नजिक सेतापैरामा दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको उनले जानकारी दिए। जीप सडकबाट ३५० मिटर जति तल खसेको  थियो।

दुर्घटनामा एक जना घाइते भएका छन्। घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।