प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री दाहालको याे भ्रमणले द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्नमा थप सहयोग पुगेको बताए।
बेइजिङ– चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन्। हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्ता शुरू हुनुअघि दिएको छोटो स्वागत मन्तव्यमा उनले सो धारणा राखेका हुन्।
प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री दाहालको याे भ्रमणले द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्नमा थप सहयोग पुगेको बताए। चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको भेटमा भएका कुराकानीबाट दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद् रहेको प्रधानमन्त्री छ्याङले बताए। उनले प्रधानमन्त्री दाहालले चीन–नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पुर्याएकाे पनि उल्लेख गरे।
प्रधानमन्त्री छ्याङले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राखेका थिए।
अहिले बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्स कंग्रेसमा द्विपक्षीय भेटवार्ता जारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
