राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजा

राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्माण भएको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको साेमबार दिउँसो उद्घाटन कार्यक्रम रहेको छ।

काठमाडाैँ– राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं दर्शन गरेका छन्। सोही अवसरमा उनले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुका साथै सीता माताको माइतीघर दर्शन, अखण्ड कीर्तन दर्शन एवं प्रसाद ग्रहण गरेका छन्। 

राष्ट्रपति पौडेललाई जनकपुर विमानस्थलमा मधेश प्रदेश प्रमुख हरिशङ्कर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, सङ्घीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए। राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्माण भएको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलको साेमबार दिउँसो उद्घाटन कार्यक्रम रहेको छ। सोही सभाहलमा जनकपुरधाम उपमहानगरपालिकाका तर्फबाट आयोजना गरिने  नागरिक अभिनन्दन उनले ग्रहण गर्नेछन्। 

राष्ट्रपति पौडेललाई विशेष सम्मानसहित नागरिक अभिनन्दन गर्न लागिएको जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले बताए। राष्ट्रपतिको भ्रमणलाई लक्षित गर्दै जनपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ।