सडकमै सुतेर राहत शिक्षकहरूकाे माैन प्रदर्शन (तस्वीरहरू)

उनीहरूले संसद्‍मा प्रस्तुत भएको शिक्षा विधेयक तथा नेपाल शिक्षक महासंघ र सरकारबीच सम्झौताको विरोध गर्दै आन्दाेलन जारी राखेका छन्।

काठमाडाैँ– राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले साेमबार बानेश्वरकाे सडकमा सुतेरै माैन प्रदर्शन गरेका छन्। उनीहरूले संसद्‍मा प्रस्तुत भएको शिक्षा विधेयक र नेपाल शिक्षक महासंघ र सरकारबीच भएको ६ बुँदे सम्झौताको विरोध गर्दै आन्दाेलन जारी राखेका छन्।

गएकाे शुक्रबार नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको उनीहरूकाे भनाइ छ। शिक्षक महासंघले धोका दिएको भन्दै आफ्ना माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने  राहत शिक्षकहरूले बताएका छन् ।

राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले शनिबार विज्ञप्ति निकालेर आफ्ना माग सम्बाेधन नभएसम्म आन्दाेलन जारी राख्ने घाेषणा गरेका थिए।