सन् २०२० को अप्रिलमा वासिङ्टनस्थित क्युबाली मिसनमा एक व्यक्तिले गोली चलाएपछि हालैका वर्षहरूमा यो दोस्रो आक्रमण हो।
वासिङ्टनस्थित क्युबाको दूतावासमा आइतबार राति एक व्यक्तिले पेट्रोल बम प्रयोग गरी आक्रमण गरेको क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले बताएका छन्। उनले यस घटनालाई ‘आतङ्कवादी हमला’ भनेका छन्।
विदेशमन्त्री रोड्रिगेजले ट्विटरमा पोस्ट गरेको विज्ञप्तिमा भनिएकाे छ, “अमेरिकास्थित क्युबाको दूतावासमा दुईवटा पेट्रोल बम प्रहार गरी एक व्यक्तिले आतङ्कवादी हमला गरेका छन्। आक्रमणबाट कुनै पनि कर्मचारीलाई क्षति भएको छैन।”
सन् २०२० को अप्रिलमा वासिङ्टनस्थित क्युबाली मिसनमा एक व्यक्तिले गोली चलाएपछि हालैका वर्षहरूमा यो दोस्रो आक्रमण हो। उक्त आक्रमणबाट पनि कुनै हताहत भएको थिएन। क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानेल न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर हवाना फर्केको केही घण्टापछि आइतबार राति उक्त आक्रमण भएको हो।
En la noche de hoy, 24/9, la Embajada de #Cuba en EEUU fue objeto de un ataque terrorista de un individuo que lanzó 2 cocteles molotov. No hubo daños al personal. Se están precisando los detalles.
— Bruno Rodríguez P (@BrunoRguezP) September 25, 2023
Es el segundo ataque violento contra la sede diplomática en Washington, ⤵️
न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घमा डियाज–क्यानेलको उपस्थितिको विरोधमा संयुक्त राज्य अमेरिकामा रहेका क्युबाली नागरिकले प्रदर्शन गरेको सामाजिक सञ्जालमा सेयर गरिएका पोस्ट र भिडियोले देखाएको छ। रोड्रिगेजले आइतबारको आक्रमणपछि भने, “क्युबा विरोधी समूहहरूले आफू दण्डहीनताको आनन्द उठाइरहेको महसुस गर्दा आतङ्कवादको सहारा लिन्छन्, जसबारे क्युबाले अमेरिकी अधिकारीहरूलाई बारम्बार जानकारी गराउँदै आएको छ।”
अप्रिल २०२० मा क्युबाका विदेशमन्त्रीले हवानास्थित तत्कालीन अमेरिकी कार्यवाहक राजदूत मारा टेकचलाई बोलाएर आफ्नो दूतावासविरुद्ध ‘आतङ्कवादी आक्रमण’ गरेको भन्दै ‘कडा विरोध’ व्यक्त गरेका थिए। सन् २०२० को उक्त आक्रमणमा विष्फोटले बाहिरी भित्ता र स्तम्भहरूमा गोलीका प्वालहरू छोडेको, सडकबत्ति भाँचेको र भवनको अगाडिको सिसा र मोल्डिङका धेरै सिसाहरूमा क्षति पुर्याएको थियो।
अमेरिकी अधिकारीहरूले उक्त आक्रमणको आरोपमा ४२ वर्षीय अलेक्जेन्डर अलाजोलाई पक्राउ गरेका थिए। अमेरिकी न्याय विभागका अनुसार अलाजोलाई जुलाई २०२० मा उनीमाथि ‘घातक हतियार प्रयोग गरेर विदेशी अधिकारी वा सरकारी परिसरमा हिंसात्मक आक्रमण’ लगायत विभिन्न अपराधको अभियोग लगाइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
