बिरामीको मृत्युपछि मणिपाल अस्पतालका चिकित्सकमाथि हातपात

चिकित्सकले बिरामीको अवस्थाबारे जानकारी नदिइ एकैपटक मृत्यु भएको घोषणा गरेको भन्दै आफन्त कुटपिटमा उत्रिएका छन्। अहिले अस्पतालमा प्रहरी तैनाथ गरिएको छ।

पोखरा- उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तले चिकित्सकमाथि हातपात गरेका छन्।

चिकत्सकको लापरबाहीका कारण ज्यान गएको भन्दै आफन्तले हातपात गरेका हुन्। 

लमजुङकी सुकमाया दुराको स्वास्थ्यमा अचानक समस्या देखिएपछि सोमबार बिहान मणिपाल अस्पताल ल्याइएको थियो। स्वास्थ्यस्थिति जानकारी नै नदिइ एक्कासि बिरामीको मृत्यु भएको जनाएको भन्दै आफन्तले चिकित्सकलाई कुटपिट गरेका थिए।

चिकित्सकमाथि कुटपिट भएपछि प्रहरी परिचालन गरिएको छ। आफन्तले होहल्ला गर्दै चिकित्सक कुटेपछि अस्पताल तनावग्रस्त बनेको छ।