श्रेष्ठ मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको कार्यकालमा शान्ति तथा पुनः निर्माण, पर्यटन र खेलकुद मन्त्री भएका थिए। उनले २ करोड ४५ लाख रुपैयाँ भ्रष्टाचार गरी कमाएको अख्तियारको दाबी थियो।
काठमाडौँ– विशेष अदालतले पूर्वमन्त्री रामकुमार श्रेष्ठलाई भ्रष्टाचारी ठहर गरेको छ।
न्यायाधीशद्वय यमुना भट्टराई र खुशीप्रसाद थारूको संयुक्त इजलासले श्रेष्ठसहित तीनजनालाई भ्रष्टाचारी ठहर गरेको विशेष अदालतका सूचना अधिकारी उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए। श्रेष्ठलाई ६ महिना कैद र ९८ लाख २९ हजार ५३७ रुपैयाँ जरिबाना र सोही बराबरको बिगो जफत हुने फैसला गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठविरुद्ध करिब साढे चार करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा २०७८ फागुन १५ गते मुद्दा दर्ता गरेको थियो। अख्तियारले श्रेष्ठसँग ६ करोड ९० लाख रूपैयाँबराबरको सम्पत्ति भए पनि ४ करोड ४५ लाख रूपैयाँको वैधानिक स्रोत पुष्टि भएको दाबी गरेको थियो।
बाँकी २ करोड ४५ लाख भ्रष्टाचार गरी कमाएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो। शिक्षण पेशा हुँदै सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठले २०६४ मा सचिवबाट अवकाश पाएका थिए। उनीपछि मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको कार्यकालमा शान्ति तथा पुनः निर्माण, पर्यटन र खेलकुद मन्त्री भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
