न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले गत साउन २३ मा गरेको फैसलाको पूर्णपाठमा जिल्ला प्रशासन कार्यालय ललितपुरलाई आमाको नाम मात्र राखेर पनि नागरिकता दिन भनिएको छ।
काठमाडौँ– सर्वोच्च अदालतले आमाको मात्र नाम राखेर पनि नागरिकता दिन आदेश जारी गरेको छ। करिब डेढ महिनाअघिको फैसलाको पूर्णपाठ जारी गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो।
न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले गत साउन २३ मा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो। सर्वोच्चले जिल्ला प्रशासन कार्यालय ललितपुरलाई आमाको नाम मात्र राखेर पनि नागरिकता दिन भनेको छ। पूर्णपाठमा बुवाको नाम नराखेरै आमाको मात्र नाममा वंशजको आधारमा नागरिकता दिन विपक्षी नेपाल सरकार, जिल्ला प्रशासन कार्यालय ललितपुर र महालक्ष्मी नगरपालिकाका नाममा आदेश जारी गरेको छ।
ललितपुरको महालक्ष्मी नगरपालिका–६ की एक महिला र उनकी छोरीले सर्वोच्च अदालतमा २०७८ मै रिट दायर गरेका थिए। कुमारी अवस्थामै छोरी जन्माएको र बुवा सम्पर्कविहीन भएको जनाउँदै आमा र छोरीले संयुक्त रूपमा रिट दायर गरेका थिए। सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले आमाको नाम मात्रै राखेर नागरिकता दिन सकिने जनाएको हो।
निवेदक आमाले आफू प्रेम सम्बन्धमा रहेका बेला गर्भवती भएको र त्यसपछि विवाह नगरेर पुरूष सम्पर्कविहीन भएको जनाएकी थिइन्। उनले आफ्नो गर्भबाट छोरी जन्मेको भन्दै उनलाई वंशजकै आधारमा नागरिकता दिनुपर्ने माग राखेर रिट हालेकी थिइन्।
नागरिकता लिनका लागि आफूले चिन्दै नचिनेको बुवाको नाम उल्लेख नगर्ने र आमाकै नामबाट नागरिकता दिलाइदिन किशोरीले पनि रिटमा माग दाबी लिएकी थिइन्। सर्वोच्चले आमासँग वंशजको नागरिकता रहेको अवस्थामा बुवाको नाम आवश्यक नपर्ने र आमाकै नामबाट नागरिकता दिन सकिने ठहर गरेको हो।
“निवेदकका लागि बाबु पहिचानविहीन रहेको देखिएकोले त्यस्ता जैविक बाबुको नाम नागरिकतामा उल्लेख गर्न नचाहेको भनी निवेदनमा नै खुलाएको अवस्थामा निजको जन्मदर्ता गर्न नमिल्ने व्यहोराको महालक्ष्मी नगरपालिका वडा नम्बर ६ को कार्यालयको दरपिठ उत्प्रेषणको आदेशले बदर हुने ठहर्छ,” सर्वोच्चको आदेशमा भनिएको छ, “नेपालको संविधानको धारा ११ को उपधारा ५ र नेपाल नागरिकता ऐन, २०६३(पहिलो संशोधन, २०७९ समेत) को दफा ३ को उपदफा (५) बमोजिम वंशजको आधारमा नेपालको नागरिकताको प्रमाणपत्र जारी गर्नू गराउनू।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
